सर्लाही : अक्षय तृतीयाको अवसर पारेर हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्लले लालबन्दी नगरपालिका-२ जुटपानीस्थित पद्म भुवनेशुवरी नमुना वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएकी छन्।

काफ्लेज्युले अक्षय तृतीया र आफ्नी जेठी छोरीको विवाहको ८ औं वार्षिकोत्वसको अवसर पारेर आज (वैशाख ३१) गते शुक्रबार एक दिनको मिष्ठान भोजन गराएकी हुन्। साथै उनी सेवाश्रमको आजीवन सदस्यसमेत बनेकी छन्।

कोभिड महामारीको समयमा सामाजिक दूरी कायम गरी गरी हातधुने साबुन र मास्कसमेत उनले वितरण गरेकी थिइन्।

काफ्लेले सेवाश्रमलाई नगरबाट र आफूले सकेको व्यक्तिगत सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी समाजसेवी भवानी कोइरालाले जानकारी दिइन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here