सर्लाही : सिरहामा एक महिलाको मोटरसाइकलमा सवार रहने क्रममा मृत्यु भएको छ।

सिरहाको औरही गाउँपालिका-१ हरकट्टीदेखि पोखरिया जाने क्रममा मोटरसाइकलको चक्कामा सल बेरिँदा गोलबजार नगरपालिका-५ की २७ वर्षीया निरुदेवी साहको मृत्यु भएको सिरहा प्रहरी कार्यालयका डिएसपी शालिकराम शर्माले सर्लाही एक्सप्रेसलाई जानकारी दिए।

आज बिहान ९ बजे स.१०प. ४५२२ नम्बरको मोटरसाइकलमा ती महिलाको सल बेरिएको उनले बताए। उनको घटनास्थलमै निधन भएको शर्माले जानकारी दिए। श्रीमानले चलाएको मोटरसाइलक चलाएका र पछाडि बसेका उनका १५ महिने छोराको अवस्था भने सामान्य रहेको सिरहा प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here