सर्लाहीको बरहथवामा हिजो दिउँसो तीन तले घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ।

बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीताको शनिबार आफ्नै तीन तले घरको छतबाट खसेर ज्यान गएको हो।

आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो करिब साँढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।

मृतकका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here