कलाकार पल शाहले नेपाल सरकारले अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । सरकारले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाउनेलाई थप १ हजार भत्ता दिने निर्णयप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसकुबमा, ‘सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु‘ वाह सरकार तिम्रो नियत’ भनेर लेख्दै सरकारको नियतप्रति प्रश्न उठाएका छन् । उनले कोरोना भाइरसबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

पल शाह नेपालको कोरोना भाइरसको दोश्रो लहरसँगै देखिएको अक्सिजन अभावपछि अक्सिजन वितरण कार्यमा लागिरहेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here