सर्लाही : लालबन्दी नगरपालिकामा कोभिड उपचारका लागि अक्सिजनसहित २० वटा बेड तयारी अवस्थामा राखिएको छ। अक्सिजनसहित बेड व्यवस्थान गरिएको उपचार केन्द्रले जनाएको छ।

औषधि नगरपालिकाे खरिद गरेको हो, बेड भने गत वर्ष क्वारेन्टाइन चलाइएको नै प्रयोग गरेका हाैं,’ लालबन्दी नगरपालिकाले जनायो। अक्सिजन भने हामीले खरिद गरेका हाैं,

लालबन्दी नगरपालिकाका अनुसार अहिले चार वटा मात्र अक्सिजन उपलब्ध छ। २० मध्ये चार वटामा बिरामीलाई राखिएको छ।

लालबन्दी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पिसिआरको नमुना संकलन गरी परीक्षणसमेत भइरहेको छ।

यो स्वास्थ्य केन्द्रमा पनि २४ सै घण्टा सेवा उपलब्ध भइरहेको छ। उपचार केन्द्रमा चार जना एमबिबिएस डाक्टर छन्। जहाँ हेल्थ्य असिस्टेन्टसहित २ जना स्टाफ नर्स गरी २८ जनाको दरबन्दी छ। हाल संचालन रहेको बेड अक्सिजन सहित २० भए पनि त्यसमा कोरोना हस्पिटलको मेडिकल टिम र नगरपालिकाले आवश्यकता हेरेर १० वटा अक्सिजनसहितको बेड थप गर्ने पनि जनाएको छ।

केन्द्रले पर्याप्त स्वास्थ्य सामग्री भए पनि आवश्यक सेवा दिन सकिरहेको छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here