पर्सा:- कोरोना महामारीको विपतमा कालोबजारी गरी तोकिएभन्दा बढी भाडा लिने दुई वटा एम्बुलेन्स चालकसहितलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

ना.३च. ८१९९ र ना.२च. ३२५६ नम्बरका दुई एम्बुलेन्स चालकहरू बहुदरमाई नगरपालिका-९ विश्रामपुरका कमरुद्दिन राय र विन्दवासिनी गाउँपालिका-१ का वीरबल मुखियालाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनीहरूलाई वीरगन्ज-१५ मा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल अगाडि एम्बुलेन्स पार्किङ गरिराखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

चालकहरूले वीरगन्जबाट काठमाडाैंसम्म लगेको भाडा ४० हजारसम्म लिएको प्रहरीको आरोप छ। पर्साकै गाउँबाट ३ हजार ५ सय लाग्ने ठाउँमा उनीहरूले ७ हजार रुपैयाँभन्दा बढी लिने गरेको सूचना आएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई कालोबजारी ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही बढाइएको पर्सा प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here