सर्लाही : कोरोना संक्रमणबाट सर्लाहीका १ जनासहित प्रदेश २ का विभिन्न जिल्लामा ३० जनाको मृत्यु भएको छ।

आइतबार बिहान १२ बजेसम्म धनुषा जिल्लामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ भने पर्सामा ७, बारामा ७, महोत्तरीमा ३, रौतहट तथा सर्लाहीमा एक जना र एक भारतीय नागरिकसहित ३० जनाको मृत्यु भएको हो।

पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा १०, वीरगंज हेल्थकेयरमा २, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १र१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

धनुषाका मृतकमध्ये वीर अस्पतालमा मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका-१९ का ४० वर्षीय बैजनाथ यादव नेपाल क्युकोसिन कान कराते संघ प्रदेश २ का अध्यक्ष पनि हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here