सर्लाही : नेपालमा कोरोना संक्रमणको दोस्रो भेरियन्टले भयावह रूप लिँदै छ। जसका कारण सर्लाहीमा मात्रै वैशाख ४ गते यता १९ जना संक्रमितको निधन भइसकेको छ।

दुई दिनअघिसम्म ११ जनाको निधन भएको तथ्यांक दिएको सर्लाही अस्पतालले आजसम्म १९ जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण कुमार नायकका अनुसार कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै जिल्लामा हालसम्म ६ सय ७० जना संक्रमित भइसकेका छन्।

हिजोसम्मको तथ्यांकअनुसार यो मृत्यु र संक्रमित संख्या भएको उनले बताए। आज संकलित स्वाब नमुनाको परीक्षण रिपोर्ट भने आज साँझ मात्र आइपुग्ने उनले बताए। जसअनुसार संक्रमित र मृतक संख्या अझै बढ्ने देखिन्छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here