सर्लाही : लालबन्दी नगरपालिकाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मंलगवाले दिएको जानकारीअनुसार संक्रमण पुष्टि हुनेहरू नगरपालिका वडा नम्बरका ७ का ४ जना छन्। जसमा एक जना ७८ वर्षीय पुरुष, अर्की ६५ वर्षीया महिला र अर्की एक जना २७ वर्षीया महिल छिन्। त्यस्तै वडा नम्बर ७ कै ३६ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको जनाइएको छ।

त्यसैगरी वडा नम्बर ३ का ४५ वर्षका एक पुरुष, वडा नम्बर ५ का ५२ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ। त्यसैगरी लालबन्दी-४ का ३५ वर्षीय अर्का पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।

लालबन्दी २ कै ५० वर्षीय एक पुरुषमा पनि संक्रमण पाइएको कार्यालयले जनाएको छ। अर्का एक जनाको उमेर खुलेको छैन। यी सबै नगरपालिका अस्थायी कोभिड अस्पतालमा भर्ना भएर स्वाब दिएका थिए।

उनीहरूले वैशाख ३१ र १ गते कोरोना जाँच गराएका थिए। यो तथ्यांक पिसिआर तथा एन्टिजेन विधिबाट लिइएको कार्यालय प्रमुख श्रवणकुमार नायकले सर्लाही एक्सप्रेसलाई जानकारी दिए। अन्य स्थानीय तहको पनि क्रमश रिपोर्ट आइरहेको नायकले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here