सर्लाही : लालबन्दी नगरपालिकामा फेरि हात्तीले दुःख दिन थालेको छ।

वडा नम्बर १० चन्द्रपुरमा हात्तीको समूहले गएराति साढे १२ बजेतिर अर्थबहादुर थिङ्गको घरमा क्षति पुर्‍याएको छ। तीन वटा हात्तीको आक्रमणबाट घर पूर्ण रुपमा भत्किएको र घरभित्रका सामानमा पनि क्षति पुगेको थिङ्गले बताए।

आर्थिक अवस्था दयनीय भएका उनी दैनिक ज्यालादारी गर्दै आइरहेका छन्। हात्तीले बासस्थान नै उजाड बनाएको भन्दै उनले दुःख व्यक्त गरे। साथै उनले आफ्नो निकै क्षति भएकाले सहयोगको अपिल पनि गरेका छन्। अहिले एक गेडो अन्न पनि नभएको उनले पीडा पोखे।

आज बिहानसम्म हात्तीका समूह घर वरपरका स्थानमा रहेका प्रत्यक्षदर्शी नव जागृति युव क्लबका अध्यक्ष नरलाल डिम्डुङले बताए। आज रातभर स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालयको सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती गर्दै थप क्षति हुन दिएको थिएन।

गत महिना पनि हात्तीकै आक्रमणबाट लालबन्दीका केही घरमा क्षति पुगेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here