सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ।

सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका-५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई पक्राउ गरेको हो।

उनीहरूले गत २६ वैशाखको राति ईश्वरपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम लोकमार्गमा हतियार देखाएर दुई वटा ट्रक र एउटा पिकअप भ्यानका चालक र सहचालकबाट नगद ३७ हजार, सुनको हनुमानी एकथान, विभिन्न कम्पनीका पाँच थान मोबाइल र अन्य सरसामानसमेत लुटपाट गरेका थिए।

पीडितको उजुरीको आधारमा प्रहरीले घटनालगत्तै उनीहरूको खोजी तीव्र पारेको थियो । सोही क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरेको एक थान नलकटुवा पेस्तोल, त्यसमा लाग्ने गोली दुई राउन्ड, बिआर ३० यू ७७७३ भारतीय नम्बर प्लेट भएको मोटरसाइकल एक थान, सुनको हनुमानी एक थान, मोबाइल दुई थानलगायत बरामद गरेको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध डाका मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कुँवरले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here