सर्लाही :
नेपाली सेनाले महत्तरीको बर्दिबासमा फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएको छ। आज प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्पतालको उद्घाटन गरेका छन्।

मध्यपूर्वी पृतना हेडक्वाटरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा बनाइएको ‘बर्दिबास सैनिक शिविर’ भित्र २५ शय्या हुनेछन्।
यो अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रित परिवारले उपचार सेवा पाउने सेनाले जनाएको छ।

१७ वटा बेड र फार्मेसी सेवा पनि अस्पतालमा उपलब्ध हुने जनाइएको छ।

कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर हाल भने सेनाले नवनिर्मित फिल्ड अस्पतालमा बेड उपलब्ध भएसम्म गैरसैनिक बिरामीलाई पनि उपचार दिने जनाएको छ।

यस्तै सोही ठाउँमा सैनिक आवासीय महाविद्यालय पनि उद्घाटन भएको छ। सैनिक आवासीय महाविद्यालय, बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत प्रदेश नं २ अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २/२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्तिसहित अध्ययन व्यवस्था मिलाइएको छ।

यसै शैक्षिक सत्रबाट २०७८ असार महिना कक्षा ६ संचालन हुने र प्रत्येक वर्ष क्रमशः कक्षा थप गर्दै लैजाने योजनामा सेना छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here