एजेन्सी। माइक्रोसफ्टको सञ्चालक समितिले बिल गेट्सलाई आफ्नै कार्यालयकी महिला कर्मचारीसँग अनुचित सम्बन्ध राखेको कारण अनुसन्धान गर्न बोर्डबाट निकालेको छ। वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार ती महिलासँग गेट्सको वर्षौँदेखिको सम्बन्ध थियो र अनुसन्धान नसकिएसम्म उनलाई पदबाट हटाइएको जनाइएको छ।

सन् २०१९ को उत्तरार्धको एक अनुसन्धानले उक्त महिलाबारे उठेका केही प्रश्नको उत्तर दिएको थियो। यतिखेर गेट्सको कुख्यात पेडोफाइल जेफ्री एपस्टेनसँगको सम्बन्धसमेत सतहमा आएको छ। यो विषयले सार्वजनिक चर्चा पाएसँगै उनकी श्रीमती मेलिन्दा गेट्सले सम्बन्ध विच्छेद गरेकी थिइन्।

ल स्ट्रिट जर्नल लेख्छ- अनुसन्धान क्रममा केही बोर्ड सदस्यहरूले निर्णय गरे कि गेट्सलाई सफ्टवेयर कम्पनीमा निर्देशकको रूपमा बस्नु उचित हुँदैन र उनले दशकौँसम्म नेतृत्व पनि त्यो छोड्नुपर्छ। त्यस लगत्तै गेट्सले बोर्डको छानबिन सम्पन्न हुनुअघि नै राजीनामा गरे।

बिल र मेलिन्दाले २७ वर्षको वैवाहिक जीवन समाप्त गरेको जनाएका थिए। मेलिन्दाका अनुसार विवाहको मान्यतालाई गेट्सले बेवास्ता गर्दै आएका थिए।

जर्नलको अनुसार यो सम्बन्ध समाप्त गर्न कम्तीमा २०१९ को अन्त्यदेखि उनी वकिलहरूसँग काम गर्दै थिइन्। तर, यो जोडीले विभाजित हुनुको कारण खुलासा गरेका थिएनन्। जर्नलले रिपोर्टमा लेखेको छ- बिलले एपस्टेनसँग गरेको व्यवहार चिन्ताको विषय थियो।

माइक्रोसफ्टका बोर्ड सदस्यले सन् २०१९ मा पूर्वमहिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल गेट्समाथि अनुसन्धानको थालनी गरेका थिए। उक्त पत्रमा ती महिला कर्मचारीले आफू र गेट्सबिच थुप्रै वर्ष यौन सम्बन्ध स्थापित भएको आरोप लगाएकी छन्।

सन् १९७५ देखि नै यो कम्पनीको स्थापना र सञ्चालन गर्दै आएका गेट्सले अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिँदै अब उप्रान्त आफू सामाजिक कार्यमा बढी क्रियाशील बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here