स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकोले संक्रमण अझै फैलिने चेतावनी दिएको छ।

संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेको मन्त्रालयको दाबी छ। मन्त्रालयले निषेधाज्ञाको पालना पूर्ण रुपमा नभएकाले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने पनि बताएको छ।

अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जनाएको छ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडिरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

यी जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here