बारामा दुई बालकको विभत्स हत्या भएको छ। एकै परिवारका दुई दाजु भाइको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।

बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी काटिएर हत्या भएको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

कलैया उपमहानगरपालिका वडा नं– ७ निवासी अब्दुल रसारका दुई छोरा सोमबार साँझदेखि बेपत्ता थिए। रसार बैदेशिक रोजगारीका क्रममा विदेशमा छन्।

घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको प्रवक्ता मिश्रले जनाकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here