सर्लाही : महोत्तरीको जलेश्वर अस्पतालका पठाएका तीन जना डाक्टर बाटोबाटै बेपत्ता भएका छन्।

प्रदेश २ का समाजिक विकास मन्त्रालयले जलेश्वर अस्पतालमा कोभिड १९ विशेष अस्पतालमाका लागि तयार गरी जडान गरेका ५ भेन्टिलेटर दक्ष जनशक्ति नहुँदा एक वर्षदेखि थन्किएको छ।

अलपत्र परेको भेन्टिलेटर सञ्चालनका लागि मन्त्रालयले काजमा पठाएका डाक्टर भने अहिलेसम्म पुगेका छैनन्। अहिले उनीहरूको खोजी फेसबुकबाट गरिन थालिएको छ।

जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले मंगलबार मन्त्रालयले पठाएको डाक्टरहरु नआएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन्। तर, कोही पनि सम्पर्कमा छैनन्। हाजिर हुन नआएपछि खोज्न थालिएको उनले लेखेका छन्।

मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा रविरन्जन प्रधान, एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा सन्तकुमार यादवलाई जलेश्वर अस्पतालमा काज सरुवा गरेको हो।

डा। रविरंजन र एनेस्थेसिया शैलेन्द्रलाई गत वैशाख २८ तथा मेडिकल अधिकृत डा सन्तलाई वैशाख २७ गते नै मन्त्रालयले पत्र काटेको थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here