सर्लाही : महोत्तरीमा कोरोना संक्रमणबाट एकै गाउँका सात जनाको मृत्यु भएको छ। पिपरा गाउँपालिका-७ मा १५ दिनभित्र यो संख्यामा संक्रमितको निधन भएको हो।

मानिसको मृत्यु हुने क्रम बढ्न थालेपछि उक्त वडामा मात्र नभई पूरै गाउँपालिकामा नै यतिबेला त्रास फैलिएको छ। कोरोनाकै कारण मृत्यु भएकाको दाहसंस्कारमा मानिसहरूको भेला हुने गरेको र अन्त्येष्टिपछि गरिने कार्यमा पनि मानिसहरू जमघट बाक्लिएपछि गाउँमा संक्रमण फैलिँदै गएको एक स्थानीयले बताए।

स्थानीय तह तथा प्रहरी प्रशासनले भीडभाड कम गर्न भने पनि स्थानीयले अटेर गर्दा संक्रमण फैलिरहेको र यसबाट अझै मृत्यु संख्या बढ्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here