आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एक बालक हराएका छन्।

महोत्तरी सोनमा गाउँपालिका ४ बाट ६ वर्षीय बेपत्ता भएका हुन्। घटना भएको दुई दिन भइसक्दा पनि उनको पत्ता लाग्न लागेको छैन।

परिवारजनले बालक अपहरण भएको आशंका व्यक्त गरेका छन्। फिरौती वा धाकधम्की पनि अहिलेसम्म नआएको उनीहरूले बताएका छन्।

सत्रुधन महतो का ६ वर्षीय छोरा युवराज हराएका हुन्। युवराजलाई एक अपरिचित व्यक्तिले डुलाउन भनेर लगेको परिवारजनको भनाइ छ।

मंगलबार बिहान हराएका थिए बालक। परिवारले खोज्दा नभेटेपछि खेसरहा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गौशालामा जानकारी गराएका छन्। ।

बालककी आमा संगिता देवी महतो घरमै कामकाज गर्दै थिइन्। हजुरआमा चम्पादेवी पनि आँगनकै गोठमा थिइन्। अपरिचित व्यक्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डुलाउन लगेको भनेर केही नसोधेकी तर बच्चा अबेरसम्म घर नफर्किएपछि खोजबिन सुरु भएको थियो।

बालक फेला नपरेपछि घरमा रुवाबासी चलेको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बच्चा हराएको सूचना आएकोले प्रहरीले खोजबिन थालेको बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here