सर्लाही : कोरोना संक्रमबाट लालबन्दी नगरपालिका-१६ परवानीपुरमा एक जनाको मृत्यु भएको छ। वडा नम्बर १६ मा भएको हो सम्भवत पहलो घटना हो। आज बिहान उनको सिरहामा मृत्यु भएको हो।

५५ वर्षीय ती पुरुषमा केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या देखिएको थियो। स्थानीय स्वास्थ्य चाैकीमा सामान्य उपचारपछि घर फर्किएका उनमा एक्कासि स्वास्थ्य समस्या देखिएपछि हरिवन नगरपालिकाको स्वाभिमान अस्पतालमा उपचारका लागि लगिएको थियो।

तर अस्पतालले उपचार गर्न नमानेपछि उनलाई उपचारका लागि सिरहा लगिएको र त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट आएको केही समयपछि उनको मृत्यु भएको हो।

यस वडामा केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामीहरू बढ्दै गएका छन्। स्थानीय बिनामास्क जथाभावी घरबाहिर निस्किँदा र भीडभाड गरिदिँदा संक्रमण बढ्दै गएको छ।

गत हप्ता भाइरल ज्वरो तथा माैसमी फ्लुका कारण गाउँभरि ५०-६० जना बिरामी भएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here