सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि स्वेच्छिक रूपमा सहयोग गर्न अपिल गरेको छ।

आज एक सूचना नै निकालेर प्रशासनले अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर, पिपिई एन्टिजेन किटलगायत स्वास्थ्य सामग्री सहयोग गरिदिन आग्रह गरेको हो।

साथै प्रशासनले नगदै सहयोग गर्न पनि अपिल जारी गरेको छ। कोभिड उपचारमा अत्यावश्यक रेमडिभिसभर औषधि पनि सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

कोभिड उपचारमा सहयोग पुर्‍याउने हेतुले गरिने सहयोगमा पनि प्रशासनले एकद्वार तरिकाले गर्न भनेको छ। कसैलाई सहयोग गर्ने व्यक्ति वा संस्थाले प्रमुख जिल्ला अधिकारी तथा तोकिएको जिल्ला कोभिड-१९ फोकल पर्सनको समन्वयमा मात्र सहयोग गर्न भनिएको छ।

स्विकृति लिएर अत्यावश्यक समाग्री सहयोग गर्ने दातालाई सहयोग गरिएको सामग्रीका साथै नाम ठेगाना सामाजिक सञ्जालमा खुलाएर सम्मान पनि गरिने प्रशासनले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here