सर्लाही : ईश्वरपुर नगरपालिका मेयरले आफूले चढ्दै आएको नगरपालिकाको गाडी कोरोना संक्रमित ओसापसार गर्नेगरी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने भएका छन्।

आज नगरप्रमुख मनोज देवकोटाले विपतको समयमा आफूले चढ्ने गरेको ना.१ झ.१५७० नम्बरको टाटासुमो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागिएको जानकारी दिएका हुन्। नगरपालिकाभरि कोरोना संक्रमित संख्या बढ्दै गएको भन्दै मेयर देवकोटाले आपतका बेला सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए।

त्यस्तै आजै नगरपालिकाभरका १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र भोलि रिपोर्ट आउने जनाए। कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिएसँगै ईश्वरपुरमा पनि संक्रमित संख्या बढिरहेका छन्। नगरपालिकाले पटक पटक आग्रह गरेर भीडभाड कम गर्न भने पनि स्थानीयले बुझ्न नसकेका बयलबास बजारमा व्यावसाय गर्दै आएका एक स्थानीयले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here