बर्दिया :- वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका ठाकुरबाबा नगरपालिकाका युवाहरुले अक्सिजन कन्सनट्रेटर खरिदका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा आवश्यक अक्सिजन कन्सनट्रेटर उक्त सहयोग गरेका हुन्।

यस्तै, किट खरिदका लागि ६० हजार रुपैयाँ र अस्पतालका बिरामीहरुका लागि खाद्यान्न व्यवस्थापनमा ९ हजार ११ रुपैयाँ सहयोग गरेको विकासप्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले जानकारी दिए। दक्षिण कोरियामा रहेका ४५ जना युवाले उक्त रकम संकलन गरेर पठाएका हुन्।

उपचार अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर आफूहरुले सहयोग गरेको अभियानका सक्रिय युवा ललित बडुवालले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here