प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८ हजार नाघेको छ।गत २४ घण्टामा ५ सय १७ जना संक्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या २८ हजार ७ सय ९४ जना पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले बताए।

तीमध्ये ९ हजार ५ सय १६ जना सक्रिय संक्रमित छन्।बिहिबार प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा धनुषामा २ सय १, महोत्तरीमा ९२, सप्तरीमा ५८, पर्सामा ४४, सिरहामा ३५, रौतहटमा ३३, बारामा २२, सर्लाहीमा १८ र अन्य प्रदेशका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here