सर्लाही : पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

आज जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर पछिल्लो २४ घण्टाको कोरोना विवरण दिएको हो।

जसअनुसार हालसम्म जम्मा ८ सय २७ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै हालसम्म ३५ जनाको कोरोनाबाट निधन भएको जनाइएको छ।

त्यस्तै जिल्लाभर १७ सय ६९ जनाको कोरोना परीक्षण भइसकेको जनाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here