महोत्तरी :- महोत्तरीबाट बेपत्ता भएका बालक चार दिनपछि भारतमा फेला परेका छन्।

प्रहरीले खोजतलास गर्ने क्रममा भारतको रजवारा भन्ने स्थानमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई फेला पारेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले फेला परेको बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको बताए। उनले यस सम्बन्धमा पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने जानकारी दिए र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत जनाए।

गत मंगलबार सोनमा गाँउपालिका-४ का सत्रुधन महतोको ६ वर्षीय छोरा युवराज महतो घरको आँगनमा खेलिरहेको बेला हराएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here