सर्लाही :- सर्लाहीको राजघाटमा ट्याक्रटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

बागमती खोलाबाट गिट्टीबालुवा लिएर आउँदै गरेको ना.६ त. ९८०८ नम्बरको ट्रयाक्टरले गएको सोमबार बागमती नगरपालिकाको वडा नम्बर ५ खाल्टेमा ठक्कर दिँदा वडानम्बर ६ राजघाटकै गणेश बहादुर मगरकी २८ वर्षकी श्रीमती मनमाया गम्भीर घाइते भएकी थिइन्।

काठमाडाैंस्थित बिएण्डबी अस्पतालमा उपचार क्रममा उनको हिजै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जनाए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here