सर्लाही : पार्टीका वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको निधनप्रति शोक व्यक्त गर्दै धनुषा एमालेले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ।

शुक्रबार जनकपुरधामस्थित मिथिला भवनमा रहेको नेकपा एमाले धनुषा कार्यालयमा आयोजित शोकसभामा धनुषा इन्चार्ज रामचन्द्र मण्डलले एमाले पार्टीलाई उनको मृत्युले गम्भिर क्षति भएको भन्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। उनले त्यसै क्रममा पूर्वप्रदेशसभा सदस्य समेत रहेका इन्चार्ज मण्डलले नेता योगनारायण यादवको शोकमा पार्टी झण्डा आज देखि ३ दिनसम्म झुकाउने र वहाँको शोकमा पुस्तिकामा हस्ताक्षर संकलन गर्ने निर्णय पार्टीको रहेको बताए।

नेकपा एमाले धनुषाका सहईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित रहेका थिए भने उनको मृत्यू कोरोना संक्रमणका कारण भएको थियो।

धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार क्रममा काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा बिहिबार विहान भएको थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here