सर्लाही:- बालुवा, गिटि, ढुङ्गा ढुवानीका क्रममा भएको लापरवाहीले सडक भत्कीन थालेको छ । पुर्व पश्चीम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके खोला पुल देखि बागमती खोला पुल सम्मको सडकखण्डमा गुड्ने सवारीको लापरवाहीका कारण ठाउँ ठाउँमा सडक भत्कीन थालेको हो।

स्थानिय विकास पुर्वाधारका साथै राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि भन्दै ओसार पसार गरिएका निर्माण सामाग्रीका कारण सडक दिन प्रतिदिन जिर्ण बन्दै गएको छ।

नदी तथा सडकको छेउमै रहेका क्रसर उद्योग र स्थानिय निकायले मनोमानी रुपमा लगाएको खोला ठेक्काबाट नदीजन्य पदार्थको ढुवानीका कारण टिपरहरु लापर्वाही पुर्ण तरिकाबाट सञ्चालनमा आउँदा सडक जोखिम बढ्नुको साथै पुलको अवस्था समेत जिर्ण भईसकेको छ।

टिपर तथा ट्याक्टरले सडकमा पानी चुहाउँदै खोला तथा क्रसरबाट निकालिएको नदीजन्य पदार्थ, बालुवा, गिटी र ढुङ्गा झार्दै हिड्ने गर्दा सडकको आयु दिन प्रतिदिन घट्दै गएको छ।

सडक बिग्रिन र भत्कीन थालेका कारण दिनहुँ जसो सडक दुर्घटना समेत हुँदै आएको ट्राफिक प्रहरीले जनाएको छ। भने पानी चुहाउँदै हिड्ने त्यस्ता मालवाहक सवारी साधनका कारण सडकमा खाल्डा समेत पर्ने गरेका छन्। सडकमा यस्ता मालवाहक सवारी साधनहरुको लापरवाही सञ्चालन हुँदा समेत निमयमन गर्ने निकाय मौन बसेको पाईएको छ।

बालुवा, गिटी र ढुङ्गा ढुवानी गर्दा पानी चुहाएको पाईए कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताए। तर प्रहरीकै अगाडी पानी चुहाउँदै र ढुँङ्गा, गिटी र बालुवा झार्दै टिपरहरु हिड्दा समेत उनीहरुलाई कारबाही गर्नुको साटो मौन बसेको देखिएको हो।

सडकमा पानी झार्ने सवारीलाई रु १ हजार ५ सय सम्म जरिवाना गर्ने नियम भएको जनाउने ट्राफिक प्रहरीले कारबाही भने गरेको पाईदैन। पुर्व-पश्चीम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके खोला पुल देखि बागमती खोला पुल सम्मको सडक खण्डमा दैनिक ५०/५२ वटा टिपर गुड्ने गरेको र उनीहरुले प्रत्येक दिन १० देखी १२ टिप गर्ने गरेको एक ठेकेदार कम्पनीका सञ्चालकले बताएका छन्।

उनका अनुसार टिपरले रु ४४० सेप्टी र टेक्टरले १०० सेप्टी बालुवा एकटिपमा ढुवानी गर्ने गर्दछन् । कोरोना महामारी र निषेधाज्ञाका विचमा समेत निर्वाध रुपमा बालुवा, गिटी र ढुङ्गा निकासी भैरहेको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here