सर्लाही : लालबन्दी नगरपालिका घर भई हाल कतारमा कार्यरत एक युवाले लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई लाख ११ हजार सात सय रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन्।

लालबन्दी नगरपालिका-९ घर भएका दिनेश खत्री (पाैडेल) ले कोरोना भाइरस संक्रमणबाट लालबन्दी नगरबासीलाई जोगाउन अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री शनिबार बिहान प्रदान गरेका हुन्।

उनले स्वास्थ्य केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ३० थान, गाउन ३० थान, केएन ९५ मास्क २०० थान, थर्मल गन १० थान, सर्जिकल मास्क ४००० थान, क्लोरिन पाउडर १० केजी, टप ग्लोब्स ३० प्याकेट, पल्स अक्सो मिटर १० थान र १०० लिटर सेनिटाइजर प्रदान गरेका लालबन्दी नगरपालिका वडा नं ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपानले जानकारी दिए।

लालबन्दी नगरपालिका वडा नं ९ का वडाध्यक्ष गोपाल घिमिरे, वडा नं ७ का वडाध्यक्ष न्यौपाने, स्वास्थ केन्द्र प्रमुख डा प्रगति राना, डा हर्ष नारायण साह, हेल्थ असिस्टेण्ट राजकुमार सिंह, दिपेश कुमार पाख्रिन, वडासदस्य सन्तोष पौडेललगायतको उपस्थितिमा दानवीर खत्रीकी श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चन्द्रमाया खत्री, काका काकी जगत बहादुर र खड्ग माया खत्री, भाउजू शान्ता पौडेल लगायतले सामग्री हस्तान्तरण गरेका हुन्।

खत्रीले गत वर्ष पनि नगरपालिकालाई थ्रोट स्वाब संकलन गर्न दुई लाख रुपैयाँभन्दा बढीको किट प्रदान गरेका वडाध्यक्ष न्यौपानेले यस क्रममा जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here