सर्लाही : बरहथवामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

बरहथवा नगरपालिका–१५ पिपराभित्ताको सुकुमबासी टोलमा घरमा बिजुलीको बल्बमा तार जोड्ने क्रममा १५ वर्षीय किशोर रामु सहनीको मृत्यु भएको बरहथवा प्रहरीले जनाएको छ।

आफ्नै घरमा बत्ती जोड्ने क्रममा हिजै शुक्रबार उनको मृत्यु भएको जनाइएको छ। करेन्ट लागेर घटनास्थलमा उनको अवस्था अचेत भएपछि प्राथमिक उपचार केन्द्र लगिएको थियो। तर उपचार गर्न पुर्‍याउँदा उनको निधन भइसकेको थियो।

स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार सहनीको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा अस्पताल लगिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here