सर्लाही : पछिल्लो २४ घण्टामा सर्लाही जिल्लामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पछिल्लो सूचनामा जनाइएअनुसार जिल्लाका थप दुई जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

आजसम्म १ हजार ९ सय ६० जनामा गरिएको कोरोना परीक्षणबाट जिल्लामा हालसम्म ९ सय २ जनामा संक्रमण देखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here