नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं १ का ३९ वर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं २ बस्ने वर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घटनाका मुख्य नाइके यादव जनता समाजवादीनिकट विद्याथी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष र पार्टी लुम्विनी प्रदेश संसदीय दल नेता सहसराम यादवका स्वीय सचिवसमेत हुन्। नेता पाण्डेको पेटमा २ राउण्ड गोली प्रहार प्रहार भएको थियो।

घटनामा संलग्नबाट लु१६प ३४९७ नं को पल्सर मोटरसाइकल, दुई थान मोबाइल, एक थान जंगी राउण्ड थान, एक थान खोका पनि बरामद गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

आरोपित यादवले व्यक्तिगत झगडाका कारण गोली हानेको स्विकार गरेको प्रहरीले जनाएको छ। बुधबार राति ११ बजे भएको घटनाको प्रहरीले बिहीबार दिउँसो १२ बजे संदिग्ध व्यक्तिको पहिचान गरेको थियो।

नेता पाण्डे कपिलबस्तु नगरपालिकाको सडकबाट तौलिहवातर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद इसाद खान पनि घाइते भएको र उनको अबस्था भने सामान्य रहेको छ।

तर पाण्डेको शरीरका दुई स्थानमा गोली लागेको र गोली लागेलगत्तै उनलाई कपिलवस्तुमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here