काठमाडाैं : पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ।

संक्रमित कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर यीमध्ये ३ लाख ८३ हजार ६ सय ८४ जना संक्रमित कोरोनामुक्त भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले जनाएको छ।

हाल देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्। अर्थात् संक्रमित भएकामध्ये करिब २३ प्रतिशत संक्रमित छन्।

मन्त्रालयले दिएको तथ्यांकअनुसार संक्रमितमध्ये ३८ दशमलव ५४ प्रतिशत महिला छन्। जुन संख्यामा १ लाख ९४ हजार ८ सय ९१ हुन आउँछ। संक्रमितमध्ये १ दशमलव २२ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पिसिआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ। हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ।

केही सातायता निरन्तर निषेधाज्ञा जारी भए पनि संक्रमण दर भने घट्न सकेको छैन।

हालसम्म काठमाडौंमा १ लाख ७५ हजार ५६४ जनामा संक्रमण देखिएको छ भने त्यसमध्ये १ लाख ३१ हजार कोरोनामुक्त भइसमेका छन् भने १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ।

हाल काठमाडौंमा २० हजार १६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकले देखाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here