सर्लाही : देशभर हाल २ हजार २ सय ५५ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्।

१ हजार ७ सय ३२ जना आइसियू र ५ सय २३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २ हजार २ सय २७ जना संक्रमित आइसियू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २ सय २२ जना आइसियू र ९२ जना भेन्टिलेटरमा छन्। त्यस्तै प्रदेश २ मा १ सय ९१ जना आइसियू र ५६ जना भेन्टिलेटरमा छन्। बागमतीमा पनि ९ सय २२ आइसियू र ३ सय ११ जना भेन्टिलेटरमा छन्।

गण्डकीमा पनि १ सय ४३ जना आइसियू र ३२ जना भेन्टिलेटरमा छन्। यसैगरी लुम्बिनीमा पनि १ सय ७२ जना आइसियुमा हुँदा १७ जना भेन्टिलेटरमा छन्। भने कर्णालीमा ३७ जना आइसियू र ८ जना भेन्टिलेटरमा छन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा भने ४५ जना आइसियूमा र ७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयको तथ्यांकमा समावेश छ।

आज मात्र देशैभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै ८ हजार ८ सय ४८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन्। त्यस्तै यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here