सर्लाही : लालबन्दी नगरपालिका-१५ परवानीपुरको चिसापानी, कटहरबोट र सतभैयाका १ सय २१ जनाको स्वास्थ परीक्षण गरिएको छ।

लालबन्दी-१५ र परवानीपुर स्वास्थ चौकीको समन्वयमा कोभिड-१९ का बिरामीको स्वास्थ्य परीक्षण उपचार तथा जनचेतना अभियानअन्तर्गत आज पहिलो दिन कटहरबोट, चिसापानी र सतभैयामा स्वास्थ्य परीक्षण गरिएको हो।

जनचेतनामूलक कार्यक्रममा औषधिहरू पनि वितरणका पनि गरिएको परवानीपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट नवीन प्रसाद चौधरीले बताए। उनले भने, १ सय २१ जनाको स्वास्थ परीक्षण गर्दा १५ जनामा कोभिड-१९ को लक्षण पाइको छ। उहाँहरुलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ।’

केहीलाई तत्काल स्वाब परीक्षण गर्न पनि परामर्श गरिएको उनले बताए। भोलि झरझरा र भुमरामा स्वास्थ्य जाँच गरिने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here