काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले संसद विघटन र प्रतिनिधिसभाको निर्वाचनलाई स्वागत गरेको छ। अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको निष्कर्ष निकाल्दै यसलाई स्वागत गरेको हो।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिबार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकाले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरेका छन्।

चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन पनि उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here