सिरहा-चोहर्वा सडकखण्डअन्तर्गत बिष्णुपुर चोक नजिकै शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सिरहा-चोहर्वा सडकखण्डअन्तरर्गत बिष्णुपुर गाउँपालिका वडा १ (बिष्णुपुर कटनिया) नजिक स९प १२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१प७९८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा विष्णुपुर गाउँपालिका-१ लक्ष्मीपुरका ५६ वर्षीय राजेन्द्र प्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका-१ का मोटरसाइकल चालक १९ वर्षीय रमेश माँझी र सवार २३ वर्षीय सिकन्दर महतो गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here