काठमाडौं: गएराति प्युठान जिल्लाको नौ बहिनी गाउँपालिका–१ चौतारामा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ। ४ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा श्रीमान, श्रीमती र एक छोरा रहेको भएपनि पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। ४ छोरीहरु भने सकुशल रहेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here