सर्लाही : नेपाल पत्रकार महासंघ धनुषाका पूर्वसभापति माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको काठमाडौंस्थित निवासमा शनिबार निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। धनुषामा रहेर पाँच दशक लामो पत्रकारतिा गरेका आचार्य जिल्लाबाट निरन्तर रुपमा प्रकाशति हुँदै आएको जनआकांक्षा साप्ताहिकका सम्पादक एवं प्रकाशक थिए।

नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्रको पक्षमा कमल चलाए बापत कैयन पटक जेल भोगेका आचार्यलाई पछिल्लो पटक क्यान्सरले च्यापेपछि देश तथा विदेशमा समेत उपचार गराएका थिए। त्यसपछि चिकित्सकको परामर्शमा घरमा नै औषधि सेवन गर्दै उपचार गरिरहेका थिए।

महासंघ धनुषाका पूर्वसभापति आचार्यको निधनप्रति नेपाल पत्रकार महासंघ प्रादेशिक समितिका प्रदेश २ का अध्यक्ष राजेश कर्ण तथा धनुषा जिल्ला अध्यक्ष मनिका झाले श्रद्धाञ्जली अर्पण गर्दै अभिभाव गुमाएको बताएका छन्।

आचार्यका श्रीमती र तनि छोरा रहेका छन्। उनको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनको जन्म १९९८ सालमा सिन्धुुलीमा भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here