सर्लाही : पछिल्लो समय लालबन्दी नगरपालिका-२ मा रहेको पद्म भुवनेश्वरी बृध्दाआश्रममा सहयोगीहरू बढ्न थालेका छन्। अहिले दिनहुँजसो विद्याश्रममा खानाखाजाको प्रबन्ध हुन थालेको छ।

यसै क्रममा लालबन्दी नगरपालिका नवलपुरका-१ का रूद्र थापाले र उनकी श्रीमती सुष्मा उप्रेती(थापा)ले आफ्ना छोराको जन्मोत्वसको अवसरमा यहाँ रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर सहयोग गरेका छन्।

यस वर्ष पनि आफ्नो छोरा हिमोनिश (अनुग्र) थापा ७ वर्ष पूरा भई ८ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा थापाले आज आइतबारका दिन बिहानैको खाजासहित मिष्ठान भोजन गराएका हुन्।

अगामी दिनमा पनि उनको सहयोगको अपेक्षा गर्दै आश्रम परिवारले धन्यवाद ज्ञापन गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here