सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रसम्बद्ध युवा दस्ता योङ कम्युनिस्ट लिग (वाइसिएल)ले प्रधानमनन्त्रीको पुतला जलाएको छ।

सर्लाहीका विभिन्न स्थानीय तहमा आज वाइसिएलले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै पुत्ला दहन तथा विरोध कार्यक्रम गरेको वाइसिएल केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज समीर बराइलीले जानकारी दिए।

उनका अनुसार सर्लाहीका सबै स्थानीय तहमा वाइसिएलले विरोधको कार्यक्रम गरेको छ। ‘संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम हो,यो कदमप्रति हामीले प्रधानमन्त्रीको पुतला जलाएका हाैं। यो नसच्चिएसम्म जिल्लाभर हामी फेरि पनि विरोधका कार्यक्रम गर्छाैं,’ बराइलीले भने।

उनका अनुसार जिल्लाका लालबन्दी,ईश्वरपुर, हरिवन, बागमती,मलंगवा,बरहथवालगायत क्षेत्रमा स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरिएको छ।

आज विरोधको कार्यक्रम मात्र भएको र आगामी दिनमा पनि खबरदारी कार्यकम गरिँदै जाने उनले जानकारी दिए। विरोध कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटी सदस्य लुमडीप्रसाद धिमाल(लोचन) लालबन्दी नगर कमिटी सचिव अर्जुन जर्गा र साथै विभिन्न स्थानका नगर कमिटी संयोजकहरू उपस्थित रहेका उनले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here