सर्लाही : महोत्तरीमा एक दम्पतीसँग यौन दुर्व्यवहार गरेको आरोपमा बर्दिबास नपा–५ बरडाँडाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय राजु भन्ने डोर कुमार पौडेल रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले जनकारी दिएका छन्।

राजुले उक्त दम्पतीलाई खुकुरी देखाउदै पालैपालो यौनजन्य क्रियाकलाप गरेको इन्स्पेक्टर सिंहले बताए।

जेष्ठ ७ गते राजुले ३२ वर्षीया महिलालाई जबर्जस्तीकरणी र उनको श्रीमानसँग अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ।
कुखुरा खोरमा काम गर्ने ती दम्पतीलाई कोठामा थुनेर कुटपिट गर्दै करणी गरेको प्रहरीले जनाएको छ।

‘दिउँसो १२ बजे खुकुरी देखाएर ती दम्पतीको कोठामा पसेर पेट्रोल छर्केर ज्यान मार्ने धम्की दिदैं उनीहरुलाई आरोपीले पालैपालो करणी गरेर फरार भएको इन्स्पेक्टर सिंहले बताए।

घटनापश्चात् पीडितले गाउलेलाई जानकारी गराएपछि स्थानीयले आरोपीलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेर आरोपीलाई पक्राउ गरेको इन्सपेक्टर सिंहले बताए।

पक्राउ परेका राजुमाथि जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिनको म्याद लिई प्रहरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here