महोत्तरी : धनुषा क्षीरेश्वरनाथ नगरपालिका-५ मा स्थित महेन्द्रनगरमा एकै परिवारका दुई जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने मा ५५ वर्षीय श्यामकिशोर सिंह राथोर र उनकी पत्नी छन्।

बाह्र दिनअघि कोरानाको सामान्य लक्षण देखिएको उनीहरुमा एक्कासि अक्सिजनको कमी भई जनकपु्ुर स्थित काब्या अस्पतालमा भर्ना भएका थिए। बीच-बीचमा अक्सिजनको कमी भइरहँदा उनीहरूमा समस्यमा देखिएको थियो। उनीहरूको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखिएको परिवार स्रोतले जनाएको छ।

दुवै जनामा अक्सिजनको कमी देखिए पनि अस्पतालले भने उनीहरुको रिपोर्ट कोरोना संक्रमित नभएको जनाएको छ। परिवारमा ५ सदस्य रहेकोमा हाल एक भाइ अध्ययनको सिलसिलमा बाहिर छन्। मृतक धनुषा अ‍ौरहा माध्यमिक विधालयका प्रध्यानाध्यापक हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here