महोत्तरी : महोत्तरीमा एक थुनुवा प्रहरीलाई नै छलेर फरार भएका छन्। म्याद थपका लागि उनलाई लगिँदै गर्दा प्रहरीको आँखा छलेर फरार भएका हुन्।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले म्याद थपका लागि सदरमुकाम जलेश्वर लगिएको थियो। उनी महोत्तरी जिल्ला अदालतबाटै प्रहरीलाई छलेर फरार भए।

उसलाई इप्रका गौशालाबाट म्याद थपका लागि लगिएको थियो। प्रहरी निरीक्षक बस्यालले प्रहरीलाई शौचालय जाने भनेर कमलेश शौचालय पुगेका र त्यहीँबाट उनी शौचालयको पर्खाल नाघेर फरार भएका थिए। साह गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागुऔषधसहित पक्राउ परेका थिए।

अहिले इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरी फरार साहको खोजतलास भइरहेको जनाइएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here