सर्लाही : सर्लाहीमा पनि नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ।

सर्लाही लालबन्दी नगरपालिकामा आज नेविसंघका कार्यकर्ताले नारा लगाउँदै प्रधानमन्त्री तथा राष्ट्रपतिको पुतला जलाएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा भएको संसद् विघटन असंवैधानिक भएको र निर्वाचन घोषणा संविधान र जनताको भावनाविपरीत भएको भन्दै नेविसंघले देशभर प्रदर्शन जारी राखेको छ।

जसअनुसार सर्लाहीका नेविसंघ कार्यकर्ताले पनि आज बिहान लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। नेविसंघका युवराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्कीको नेतृत्वमा विरोध कार्यक्रम गरिएको जनज्योति बहुमुखी क्याम्पसका कार्यवहाक सभापति अभिमन्यु चौधरीले जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रशान्त आचार्य, बिपी कोइराला युवा नेतृत्व विकास मंच सर्लाहीका सस्थापक अध्यक्ष मनोज बख्रेल, जिपी फाउन्डेसन लालबन्दीका अध्यक्ष कल्याण पुरी, काठमाडाैंमा रही नेपाली कांग्रेसको राजनीतिमा सक्रिय राजेश काफ्ले, प्रवेश ढुंगाना, शशिकुमार यादवलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नेता देवकोटाले ओली तानाशाह बन्दै गएका र मपाइँत्वमा मैमत्त भएको भन्दै सबै लोकतान्त्रिक शक्तिलाई यसविरुद्ध लाग्न आग्रह गरे।

बिपीले परिकल्पना गरेको समाजवादी समाज र प्रजातान्तिक मूल्य मान्यताविरुद्ध प्रधानमन्त्री र राष्ट्रपति हिटलर प्रवृत्तिमा शाशन गर्न खोजेको भन्दै नेता बख्रेलले आक्रोश पोखे।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here