सर्लाही : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको गरेको छ।

धनुषामा तेस्रो पटक थपिएको निषेज्ञाज्ञाअनुसार अब जेठ १७ गतेसम्म निषेधाज्ञा जारी रहनेछ।

कोरोना दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमण दर यथावत रहे पनि मृत्युदर बढेकाले निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तरकारी बजार र माछा–मासु बजारमा भीडभाड हुन नदिन अनुगमन गरिने निर्णय गरिएको छ।

तरकारी, फलफूल, दूधडेरी, ग्यास, खाद्यान्नलगायत अत्यावश्यक पसलहरु पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ। अन्य पसलहरु खोलेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। तर, यसअघि पनि यस्तो चेतावनी दिए पनि व्यवहारमा लागू भएको देखिएन। प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ।

यसैबीच सर्लाहीमा पनि निषेधाज्ञा लम्ब्याइएको छ। हिजो बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जिल्लाभर आज राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ।

हाल जिल्लामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ। हिजो मात्र सर्लाहीमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

हाल प्रदेश २ का सबै जिल्लामा निषेधाज्ञा जारी छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here