महोत्तरी:- महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।

यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो। र, जेठ १ देखि जेठ १० गते मध्यरातसम्म दोस्रो पटकको निषधाज्ञा अवधि थियो।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन्। निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँड्डुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा जनाइएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिको सिफारिसमा तेस्रो पटक जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here