सर्लाही : लालबन्दी नगरपालिकाको डुमडुमे मन्दिर लाग्दै आएको तरकारी बजार सरेको छ।

कोरोना महामारीले संक्रमण फैलिँदै गएको भन्दै आज लालबन्दी नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म लालबन्दी नगरपालिका-१७ मा रहेको कालिन्जोर माध्यमिक विद्यालयको पछाडि रहेको फुटबल ग्राउण्डमा बजार सारिएको जनाएको छ।

त्यसैगरी कृषि विकास बैंक अगाडि जनज्योति माध्यमिक विद्यालयको जग्गामा लाग्दै आएको तरकारी बजार पनि नगरपालिकाले सारेको छ। उक्त तरकारी बजार साझा संस्था अगाडिको खुला स्थानबाट भाैतकि दूरी कायम तथा रेखांकन गरी खरिद बिक्री तथा संञ्चालन गर्न नगरपालिकाले भनेको छ।

स्वास्थ्य मापदण्डको पूरा पालना गरी बिहान ७ देखि १० बजेसम्म तरकारी बजार सञ्चालन गर्न पनि नगरपालिकाे सम्बन्धित सबैलाई सूचना जारी गरेको छ।

साथै नगरपालिकाबाट भएका यी निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न गराउन पनि नगरपालिकाले निर्णय गरेको छ। आज नगर उपप्रमुख शान्ति लामाको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी र कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चाैधरी र अन्य सरोकारबालाहरूको सहभागितामा बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकले कोरोना नियन्त्रणमा उच्च सुरक्षा तथा सावधानी अपनान सबैसमक्ष आग्रह पनि गरेको छ।

लालबन्दीमा पनि दोस्रो लहरहको कोरोना संक्रमणबाट केही व्यक्तिको निधन भइसकेको र धेरैमा संक्रमण फैलिइसकेको छ। नगरपालिकाको यस्तो निर्णयले कोरोना रोकथाम तथा नियन्त्रणमा निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हिजो मात्रै लालबन्दी नगरपालिका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। हालसम्म सर्लाहीमा ४२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here