सर्लाही : पछिल्लो २४ घण्टामा सर्लाही जिल्लामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पछिल्लो सूचनामा जनाइएअनुसार जिल्लाका थप तीन जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

जम्मा १०५८ जनामा कोरोना संक्रमण भएको पनि जनाइएको छ।

आजसम्म २ हजार १ सय ४३ जनामा गरिएको कोरोना परीक्षणबाट जिल्लामा हालसम्म यो संख्यामा संक्रमण भएको पाइएको हो। हिजो मात्र जिल्लामा कोरोनाबाट ५ जनाको निधन भएकक्को थियो।

जिल्लामा अहिले निषेधाज्ञाको समय लम्ब्याइएको छ। हिजो बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जिल्लाभर आज राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ।

सर्लाहीका हरेक स्थानीय तहमा संक्रमित भेटिएकाले प्रशासनले जिल्लामा हुने भीडभाड नगर्न पटक पटक अनुरोध गर्दै आएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here