नेकपा एमालेले माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका ११ नेतालाई निष्कासन गरेको छ। १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। तर उनीहरुको जवाफ आएन।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here